कीवर्डहरू -

ट्वीटर क्रियटरलाई अब इथेरियम टिप दिन सकिने

ट्वीटर क्रियटरलाई अब इथेरियम टिप दिन सकिने

ट्वीटरले क्रियटरहरुलाई अब इथेरियम टिप दिन सकिने भएको छ । बिटकोइन प्रयोग गरेर पनि सहज ढगंले टिप गर्न सकिने हुँदा सामाजिक सञ्जालले यो फिचर ल्याएको हो ।

अब पेटिएम, बार्टर, पागा जस्ता भुक्तानी सेवाबाट पनि क्रियटरहरुलाई पैसा पठाउन सकिनेछ । क्रियटरको ट्वीटर प्रोफाइलमा गएर टिप्स भन्ने अप्सनमा थिचेर टिप दिन सकिनेछ ।

१८ वर्ष माथिका प्रयोगकर्ताले आफ्नो प्रोफाइललाई एडिट गरेर टिप पाउन सक्नेछन् । यस फिचरले क्रियटर र फलोअरहरुलाई डिजिटल माध्यमले झनै नजिक आउनका लागि सहज बनाएको छ ।