कीवर्डहरू -

प्रयोगकर्ताहरुलाई प्रतिबन्ध लगाउँदै ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ

प्रयोगकर्ताहरुलाई प्रतिबन्ध लगाउँदै ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ २ दिन अघि सार्वजनिक गरेका थिए । फ्री स्पीच एपको रुपमा आफुलाई चिनिएको ट्रुथले आफै कन्टेन्ट सेन्सर गर्ने र यूजरहरुलाई प्रतिबन्ध गर्न थालेको छ ।

ट्वीटरले व्यक्तिगत स्वतन्त्रतालाई प्रतिबन्ध गरेको भन्दै खोलिएको ट्रुथ एपले पनि अहिले सोही कार्य गरिरहेको छ । जथाभावी नाम हुने हरुको अकाउन्टलाई पनि एपले प्रतिबन्ध गरिरहेको छ ।

यो पोस्ट लेख्दा ५ लाख जना एपमा जोडिनका लागि वेटिङ लिस्टमा रहेका छन् । एप स्टोरमा एपलाई ४.१ स्टार रिभ्यू दिइएको छ ।

एपस्टोरमा रहेको लिकंको अनुसार एपमा कस्टम प्रोफाइल, सर्च टूल, भिडियो क्यापिब्लिटी फिचर, मेसेजिङ फिचर र डार्क मोडको फिचर उपलब्ध रहेको छ ।

एपमा राजनीतिज्ञ, सेलिब्रिटी र इन्फल्येन्सरहरु जोडिएका छन् । यो एप फयामिली फ्रेण्डली रहेको छ । सन् २०२१ जनवरीमा अमेरिकाको क्यापिटल हिलमा भएको आक्रमणपछि फेसबुक र ट्विटरले ट्रम्पको अकाउन्टमा प्रतिबन्ध लगाएका थिए ।