कीवर्डहरू -

टिकटकसँग प्रतिस्पर्धा गर्दै फेसबुक, अब १५० बढी देशमा रिल्स उपलब्ध हुने

टिकटकसँग प्रतिस्पर्धा गर्दै फेसबुक, अब १५० बढी देशमा रिल्स उपलब्ध हुने

१५० भन्दा बढी देशमा अब फेबुकल रिल्स उपलब्ध हुने भएको छ । फेसबुककाे प्यारेन्ट कम्पनी मेटाले मंगलबार फेसबुक रिल्सलाई १५० बढी देशमा विस्तार गर्ने घाेषणा गरेकाे हो ।

यो फिचरलाई आकर्षक बनाउन फेसबुकले क्रियटरहरुलाई मोनेटाइजेसन फिचर पनि दिने भएको छ ।टिकटकलाई कम्पनीले आफ्नो सबैभन्दा ठूलो प्रतिस्पर्धी भएको मानेको छ ।

त्यस कारण गत वर्ष इन्स्टाग्राममा लञ्च भएको फिचर रिल्सलाई अब फेसबुकमा पनि आधिकारिक फिचरको रुपमा विश्वभर सार्वजनिक हुन लागेको हो ।

फेसबुकले रिल्सलाई एपको सबै भागमा समावेश गरिरहेको छ । हालैमा सार्वजनिक भएको रिपोर्ट अनुसार फेसबुकले पहिलो पटक प्रयोगकर्ता गुमाउन थालेको थियो । यसको कारण टिकटक भएको फेसबुकका संस्थापक मार्क जुकरबर्गले बताएका थिए ।