कीवर्डहरू -

गत हप्ताको साइबर आक्रमणमा एनभिडियाको डेटा चोर्न सफल ह्याकर

गत हप्ताको साइबर आक्रमणमा एनभिडियाको डेटा चोर्न सफल ह्याकर

एनभिडियाले गत हप्ताको साइबर आक्रमणमा ह्याकरहरुले कम्पनी डेटा प्राप्त गरेको स्वीकारेको छ । कम्पनीको क्रेडेन्सीयल र केही प्रोपराईटरी जानकारी चोर्न साइबर अपराधीहरु सफल भएको कुरा एनभिडियाले खुलाएको छ ।

ल्यापसस भन्ने ग्रुपको अनुसार एनभिडियाको साइबर अपराधीहरु एक टेराबाईट डेटा चोरी गरेका छन् जसमा स्केमाटिक्स र ड्राइभर सोर्स कोड रहेको छ ।

साइबर अपराधीहरुले क्रिप्टोकरेन्सीमा र्यान्समको माग पनि राखेका छन् । अमेरिकी सरकारले ह्याकहरुलाई जभाव नफर्काउन आग्रह गरेकाले एनभिडियाले पनि सोही कार्य गर्ने देखिन्छ ।