कीवर्डहरू -

ट्विटरमा पोडकास्ट ट्याब आउँदै

ट्विटरमा पोडकास्ट ट्याब आउँदै

ट्वीटरमा अब पोडकास्ट ट्याब उपलब्ध हुने भएको छ । ट्विटरले हाल यसमा काम गरिरहेको जनाइएको छ ।

ट्वीटरका रिभर्स इन्जिनियर जेन मानचुआन वोङले पोस्ट गरेको स्क्रीनसट अनुसार ट्वीटरको तल्लो मेन्युबार देखिएको छ, जहाँ माइक्रोफोन छ र त्यसले पोडकास्ट भन्ने पेजमा लानेछ ।

पोडकास्टलाई प्लेटफर्मले कसरी प्रयोग गर्छ बारे केही पनि खुलाइएको छैन् । ट्विटरले सन् २०२० मा अडियो प्लेटफर्म स्पेसेजको लञ्च गरेको थियो ।

स्पेसेज ३० दिन पछि डिलिट हुन्छ तर पोडकास्ट आफ्नो सुविधा अनुसार सुन्न पाइन्छ । पछिल्लो समय अडियो सामाजिक सञ्जाल क्लबहाउसको लोकप्रियता बढेसँगै फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालले पनि आफुलाई अडियो प्लेटफर्ममा केन्द्रित गर्न थालेका छन् ।