ह्याकरहरुले सामसगंको १९० जिबी संवेदनशील डेटा चोरी गरेको दावी गरेका छन् ।
ब्लीपिगं कम्प्यूटरको रिपोर्ट अनुसार दक्षिण अमेरिकी ह्याकिगं समूह ल्यापससले स्मार्टफोन निर्माता कम्पनी सामसगंको संवेदनशील डेटा भनेर शुक्रबार केही डेटा अपलोड गरेको छ ।
ह्याकरले बुटलोडर सोर्स कोड चोर्न सफल भएको दावी गरेका छन् ।
रिपोर्ट अनुसार लिकमा क्वालकमको संवेदनशील डेटा पनि रहेको छ । द कोरियन हेराल्डको अनुसार कम्पनीले यस विषयमा छानबिन गरिरहेको छ ।
हालैमा ल्यापससले एनभिडियाको डेटा पनि ब्रिच गरेको बताएको थियो ।
ल्यापससको अनुसार उनीहरुले एनभिडियाको एक टेराबाईट डेटा चोरी गरेका छन् जसमा स्केमाटिक्स र ड्राइभर सोर्स कोड रहेको छ ।