कीवर्डहरू -

नयाँ वेब ब्राउजर एक्सटेन्सन सार्वजनिक गरेर वेब च्याटलाई अझै सुरक्षित बनाउँदै ह्वाट्सएप

नयाँ वेब ब्राउजर एक्सटेन्सन सार्वजनिक गरेर वेब च्याटलाई अझै सुरक्षित बनाउँदै ह्वाट्सएप

ह्वाट्सएपको प्यारेन्ट कम्पनी मेटाले कोड भेरिफाई नामक वेब ब्राउजर एक्सटेन्सन सार्वजनिक गरेको छ । ह्वाट्सएपको नयाँ वेब ब्राउजर एक्सटेन्सनले वेब च्याटलाई अझै सुरक्षित बनाउँछ ।

यसले ह्याकरहरुलाई डेटा ब्रिच गर्न झनै गाह्रो बनाउनेछ । ह्वाट्सएपको अनुसार यो एक्सटेन्सन सार्वजनिक भएदेखि ह्वाट्सएपको वेब प्रयोगकर्ताका वृद्धि भएको छ ।

सबैकुरा सेटअप भएपछि एक्सटेन्सनले ट्राफिक लाईट सरहनै जानकारी दिने गर्दछ । मेटाले जिटहबमा पनि कोड भेरिफाईका लागि सोर्स कोड सार्वजनिक गरेको छ ।

यस एक्सटेन्सनले एण्ड टू एण्ड इन्क्रिप्सनको सेवालाई पनि अझै सुरक्षित बनाउनका लागि काम गर्ने गर्दछ ।