कीवर्डहरू -

डिश होमको नयाँ योजनाहरु, अब सबैभन्दा कम मूल्यमा

डिश होमको नयाँ योजनाहरु, अब सबैभन्दा कम मूल्यमा

डिजिटल प्रविधिबाट ग्राहकहरुमा गुणस्तरिय सेवा दिँदै आएको डिश मिडिया नेटवर्कले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागि नेपालमा नै सवैभन्दा सस्तो मासिक मुल्यमा आफ्नो सेवाहरु प्रदान गर्न शुरु गरेको छ ।

डिश मिडिया नेटवर्कले २०७५ माघ १० गतेवाट Activation मा यो नयाँ योजना लागु गरेको हो । यसभन्दा अगाडि नै जडान गरिसकेका ग्राहकहरुले समेत वार्षिक रिचार्जमा यो सेवा प्राप्त गर्न सक्नेछन् र यो सेवा DishHome का आधिकारिक बिक्रेताहरुमा उपलब्ध छ ।

डिशहोमले वजारकै सवै भन्दाकम मूल्यको विभिन्न प्याकेजहरु प्रदान गरेको छ भने जसअन्तर्गत बाबा आमा, गृहिणी र वच्चाहरुका लागि उपयुक्त च्यानलहरु भएको बेसिक प्याकेजको २ सय ५०, खेलकुद प्रेमिहरुका लागि लक्षित खेलकुदको सम्पूर्ण HD च्यानलहरु समावेश भएको मिडियम प्याकेजको ३ सय, सम्पूर्ण SD र उत्कृष्ट HD च्यानलहरु भएको सुपर एचडि प्याकेज ३ सय ५० र सम्पूर्ण HD तथा SD च्यानलहरु भएको प्रिमिएम एचडि प्याकेज ४ सय प्रति महिनामा उपलब्ध गराएको छ ।

नेपालको पे टिभि इन्डस्ट्रीजमा सवैभन्दा ठूलो वजार हिस्सा ओगटेको डिशहोम नेपालको अग्रणी पब्लिक कम्पनी मध्येकै एक पर्दछ। नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डि.टि.एच. सेवा प्रदायक डिशहोम ग्राहकको रोजाई अनुसारको उत्कृष्ट तथा गुण्स्तरीय सेवा प्रदान गरिहेको छ ।

पिक्चर क्वालिटिमा सवैभन्दा गुणस्तरीय सेवा प्रदान गरिरहेको डिशहोम, १६ लाखभन्दा वढी परिवारहरुले प्रयोग गरिरहेका छन् ।