कीवर्डहरू -

ई-लर्निङ प्लेटफर्म डिजिटल गुर्खाको होली अफर, कोर्षमा ९५ प्रतिशतसम्म छुट 

ई-लर्निङ प्लेटफर्म डिजिटल गुर्खाको होली अफर, कोर्षमा ९५ प्रतिशतसम्म छुट 

ई-लर्निङ प्लेटफर्म डिजिटल गुर्खा ले होली अफर ल्याएको छ । यस अफर अन्तर्गत डिजिटल गुर्खाका अनलाइन कोर्षमा ९५ प्रतिशतसम्म छुट पाइने छ ।

यो अफर आगामी चैत ७ गतेसम्म लागु हुनेछ । कम्पनीका अनुसार शेयर बजार, डिजिटल मार्केटिङ, एसईओ, सोसल मिडिया मार्केटिङ, फोटोसप लगायतका कोर्षमा छुट पाइने छ ।

डिजिटल गुर्खा नेपालको एउटा ई-लर्निङ प्लेटफर्म हो । यसमा निःशुल्क र सःशुल्क दुवै कोर्षहरू राखिएको छ ।

यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा उपलब्ध कोर्ष नेपाली भाषामा तयार पारिएको छ । उद्योगमा काम गरेका विशेषज्ञद्वारा कम्पनीले कोर्षहरू तयार गरिरहेको छ ।

केही समय अगाडि मात्रै स्थापित डिजिटल मार्केटिङ एजेन्सीबाट डिजिटल गुर्खा एडु टेक कम्पनीमा रूपान्तरण भएको थियो ।

डिजिटल गुर्खामा प्रविधि, फाइनान्स आर्ट, डिजिटल मार्केटिङ लगायतका कोर्षहरू राखिएको छ । कम्पनीले यसमा हरेक महिना नयाँ नयाँ कोर्षहरू थप गरिरहेको छ ।