कीवर्डहरू -

ट्वीटरद्वारा युक्रेनका बारेमा ५० हजार भ्रामक कन्टेन्ट डिलिट

ट्वीटरद्वारा युक्रेनका बारेमा ५० हजार भ्रामक कन्टेन्ट डिलिट

ट्वीटरले युक्रेनको बारेमा ५० हजार भ्रामक कन्टेन्ट डिलिट गरेको छ । त्यस्तै स्पाम र अनैतिक व्यवहारका लागि ट्वीटरले ७५ हजार अकाउन्टहरुलाई निलम्बन गरेको थियो ।

यस्तो अकाउन्टहरुले ह्यासट्याग आई स्टयाण्ड विथ पुटिनको प्रोपाग्यान्डा सान्दर्भिक पोष्टहरु हाल्ने गरेको पाइन्छ ।

युद्धको नतिजालाई फरक पार्न यी अकाउन्टहरुले पुरानो फोटो तथा भिडियोहरुलाई भाइरल बनाईरहेको पाइएको थियो ।

ट्वीटरले रुसको स्टेट मिडियाको ट्वीटहरुलाई पनि सिमीत गरिदिएको छ । रुसको स्टेट मिडियाको ट्वीटहरुलाई ट्वीटरले लेबल पनि गरिरहेको छ ।

रुसले पनि गूगल, फेसबुक, ट्वीटर र टिकटक जस्ता एपहरुलाई रुसी जनताका लागि प्रतिबन्ध लगाइदिएको छ ।