कीवर्डहरू -

स्नापच्याटले तेस्रो पक्षीय एपहरुलाई एनोनिमस रुपमा मेसेज गर्नमा लगायो प्रतिबन्ध

स्नापच्याटले  तेस्रो पक्षीय एपहरुलाई एनोनिमस रुपमा मेसेज गर्नमा लगायो प्रतिबन्ध

स्नापले तेस्रो पक्षीय एपहरुबाट गुमनाम रुपमा मेसेज गर्नमा प्रतिबन्ध लगाएको छ ।

स्नापच्याटको कनेक्सनले तेस्रो पक्षीय एपहरु प्रयोग गर्नका लागि प्रयोगकर्ताहरुले रेजिस्टर गरेको हुनुपर्छ । प्रयोगकर्ताको देखिने यूजरनेम र आइडेन्टीटी हुनु जरुरी छ ।

गत मेमा स्नापच्याटले योलो र एलएमके नामक स्नापच्याटको कनेक्सन प्रयोग गर्ने तेस्रो पक्षीय एपलाई प्रतिबन्ध लगाएको थियो ।

यी दुई एपको प्रयोग गरेर एक जना किशोरावस्थाको प्रयोगकर्तालाई उत्पीडन दिइएको थियो जसले गर्दा ती प्रयोगकर्ताले आत्महत्या गरेका थिए । यो नयाँ नीतिले मात्रै २ प्रतिशत तेस्रो पक्षीय एपहरु प्रभावित हुनेछन् ।