कीवर्डहरू -

टेलिग्राममा अब २ जीबीसम्मको फाइल पठाउन सकिने, लाईभ स्ट्रिमिङ पनि उपलब्ध

टेलिग्राममा अब २ जीबीसम्मको फाइल पठाउन सकिने, लाईभ स्ट्रिमिङ पनि उपलब्ध

टेलिग्रामबाट २ जीबीसम्मको फाइल पठाउन सकिने भएको छ ।  यसका लागि टेलिग्रामले डाउनलोड म्यानेजर नामक नयाँ फिचर ल्याएको छ ।

यस फिचर अन्तर्गत टेलिग्राम प्रयोगकर्ताले एक पटकमा २ जीबीसम्मको फाइल पठाउन सक्नेछन्, जसलाई कुनै पनि डिभाइसबाट पहुँ गर्न सकिने छ । यस फिचरले प्रयोगकर्ताहरुलाई असीमित क्लाउड स्टोरेजको सेवा दिने छ ।

यससँगै टेलिग्रामले नयाँ अट्याच्टमेन्ट मेन्यु र लाइभ स्ट्रिमिटङ सेवा समेत थप गरेको छ । अट्याच्टमेन्ट अन्तर्गत एकैपटक धेरै फोटो पठाउँदा कस्तो देखिन्छ भनेर हेर्न पनि सकिने छ भने हटाउन वा पुनः व्यवस्थित गर्न पनि सकिने छ ।

त्यस्तै स्ट्रिमिङ सेवा अन्तर्गत टेलिग्रामले अब ओबीएस स्टुडियो जस्ता एपहरूलाई कनेक्ट गर्न ग्रुप र च्यानललाई अनुमति दिनेछ । यसले गर्दा तपाईको टेलिग्राम च्यानल वा ग्रुपमा लाईभ स्ट्रिमिङ गर्न सकिने छ । स्ट्रिमिङको राम्रो गुणस्तरका लागि सफ्टवेयर इन्कोडिङ (x264 in OBS) प्रयोग गर्न अनुरोध गरेको छ ।