कीवर्डहरू -

टेलिग्राममाथि ब्राजिलको प्रतिबन्ध

टेलिग्राममाथि ब्राजिलको प्रतिबन्ध

लोकप्रिय सामाजिक सञ्जाल टेलिग्राममाथि ब्राजिलले प्रतिबन्ध लगाएको छ । गलत सूचना फैलाएको भन्दै ब्राजिलमा टेलिग्रामलाई प्रतिबन्ध लगाइएको हो ।

ब्राजिलको सर्वोच्च अदालतले टेलिग्रामलाई २४ घण्टा भित्र प्रतिबन्ध गर्न त्यहाँको टेलिकम नियामक निकाय एनाटेललाई शनिबार आदेश दिएको छ ।

अदालतले गूगल र एप्पललाई पनि आफ्नो एप स्टोरबाट पाँच दिनभित्रमा टेलिग्राम हटाउन आदेश दिएको छ । यदी त्यसो नगरे प्रतिदिन २० हजार डलर तिर्नुपर्ने छ ।

यस बारे टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत पाभेल दुरोभले माफी मागेका छन् । साथै उनले निर्णय कार्यान्वयनमा ढिलाई गर्न समस्या समाधानका लागि मौका दिन आग्रह गरेका छन् ।