कीवर्डहरू -

नेटफ्लिक्सको पासवर्ड अब अरूसँग सेयर गर्न नमिल्ने, सेयर गर्दा प्रति युजर ३ डलर थप्नुपर्ने

नेटफ्लिक्सको पासवर्ड अब अरूसँग सेयर गर्न नमिल्ने, सेयर गर्दा प्रति युजर ३ डलर थप्नुपर्ने

नेटफ्लिक्स को पासवर्ड अब अरूसँग शेयर गर्न नमिल्ने भएको छ । नेटफ्लिक्स स्ट्याण्डर्ड र प्रिमियम प्लान भएका प्रयोगकर्ताहरुले पनि दुई जना बढि मान्छेको सब अकाउन्ट राख्न पाउनेछन् ।

सामान्य अकाउन्ट भएका प्रयोगकर्ताले हरेक नयाँ प्रयोगकर्तासँग पासवर्ड सेयर गर्दा ३ डलर थप्नुपर्ने छ । नेटफ्ल्क्सिले नयाँ एड अन अप्सनको बेटा परिक्षण गरिरहेको छ ।

यो फिचरले प्रयागकर्ता थप्दा पैसा थप्नुपर्ने प्रणाली ल्याएको हो ।  नेटफ्लिक्सले शुरूमा प्रयोगकर्ता बढाउन धेरैजनासँग पासवर्ड सेयर गर्न दिएको थियो ।

धेरै प्रयोगकर्ताको दैनिकी नेटफ्ल्क्सिसँग जोडएका कारण पासवर्ड सेयर गर्ने चलनलाई कम्पनीले नियन्त्रित गर्ने जनाइएको छ ।

लकडाउनको सुरुवात सन् २०२० मा नेटफ्ल्क्सिले २६ अर्ब प्रयोगकर्ता आफ्नो प्लेटफर्ममा जोडन सफल भएको थियो ।