कीवर्डहरू -

इन्स्टाग्राममा प्यारेन्टल कन्ट्रोल फिचर सार्वजनिक

इन्स्टाग्राममा प्यारेन्टल कन्ट्रोल फिचर सार्वजनिक

इन्स्टाग्रामले प्यारेन्टल कन्ट्रोल फिचर सार्वजनिक गरेको छ । अहिलेका लागि अमेरिकी प्रयोगकर्ताका लागि सार्वजनिक भएको प्यारेन्टल कन्ट्रोल विस्तारै अरु देशहरुका लागि पनि र्साजनिक हुनेछ ।

यस नयाँ टूलबाट अभिभावकले आफ्नो बालबालिकाले कसलाई फलो गर्छन् वा उनीहरुलाई कसले फलो गर्छन् भनेर हेर्न सक्नेछन् ।

त्यस्तै एप चलाउने समयलाई पनि अभिभावकले नियन्त्रण गर्न सक्नेछन् । इन्स्टाग्रामले बालबालिको मानसिकतामा प्रभाव पारेको कुरा थाहा भएपछि यो फिचर सार्वजनिक गरेको हो । यस फिचरमा इन्स्टाग्रामले लामो समय देखि काम गर्दै आएको थियो ।