कीवर्डहरू -

मेइजु जिरो : कुनै बटन र पोर्ट नभएको पहिलो स्मार्टफोन

मेइजु जिरो : कुनै बटन र पोर्ट नभएको पहिलो स्मार्टफोन

मेइजु कम्पनीले मेइजु जिरो स्मार्टफोनको जानकारी र तस्विरहरु सार्वजनिक गरेको छ । यसमा बटन नहुने, स्पिकरको लागि ग्रिल नहुने र चार्जिङ्ग पोर्ट पनि नहुने पहिलो स्मार्टफोन हो ।
यसमा बटनहरूको सट्टा फोनको छेउमा क्यपासीटिभ टच सेन्सरहरु राखिएको छ । यी टच सेन्सरहरुबाट नै पावर अन अफ गर्ने र स्पिकरको आवाज घटाउने बढाउने काम गर्न सकिनेछ । स्पिकरको सट्टा यस स्मार्टफोनको डिस्प्लेले कम्पन पैदा गर्नेछ र त्यो कम्पनबाट नै आवाज निस्कने छ । यो प्रविधि शार्प र सायोमी कम्पनीले आफ्नो स्मार्टफोनहरुमा केहि वर्ष अगाडि नै प्रयोग गरिसकेका थिए ।


यस स्मार्टफोनमा ५.९९ इन्चको डिस्प्ले राखिएको छ र डिस्प्ले भित्र नै फिंगरप्रिन्ट स्क्यानर राखिएको छ । यसको मेन क्यामेरा १२+२० मेगापिक्सल र सेल्फि २० मेगापिक्सलको रहेको छ । यसमा स्न्यापड्रागन ८४५ राखिएको छ । यो स्मार्टफोन पानी प्रतिरोधी रहेको छ ।


यसलाई वारयलेस चार्जरको प्रयोगले चार्ज गर्नुपर्ने हुन्छ । यो स्मार्टफोनमा हेडफोन ज्याक पनि छैन । त्यसैले वायरलेस ब्लुतुथ हेडफोन मात्र प्रयोग गर्न मिल्नेछ । त्यस्तै यस फोनमा सिमकार्ड हाल्ने र मेमोरी कार्ड हाल्ने स्लट पनि छैन । साधारण सिमको सट्टा यस स्मार्टफोनले ई–सिम (इलेक्ट्रोनिक सिम) प्रयोग गर्नेछ ।