कीवर्डहरू -

उबर चालकलाई सुविधा प्रदान गर्ने अमेरिकाकै पहिलो राज्य बन्यो वासिङ्टन, यस्ता छन् सुविधा

उबर चालकलाई सुविधा प्रदान गर्ने अमेरिकाकै पहिलो राज्य बन्यो वासिङ्टन, यस्ता छन् सुविधा

वासिङटन उबर र लिफ्ट ड्राइभरहरुका लागि सुविधा प्रदान गर्ने अमेरिकाकै पहिलो राज्य बन्न पुगेको छ ।  रोयटर्सको रिपोर्ट अनुसार गर्भनर जे इन्स्लीले कानूनमा साइन गरेपछि उबर र लिफ्ट ड्राइभरलाई कम्पनीले प्रति माइल १.१७ डलर न्यूनतम शुल्क दिनुपर्ने भएको छ । त्यस्तै प्रति मिनेटको ३४ सेन्ट पनि कम्पनीले दिनुपर्ने भएको छ ।

उबर, लिफ्ट र अरु राईड कम्पनीहरुलाई तलबसहितको बिरामी बिदाको सेवा र परिवार चिकित्सा बिदा पनि कम्पनीले दिनुपर्ने व्यवस्था राज्यले मिलाएको छ ।

कसैलाई कामबाट अनुचित तरीकाले निकालिएको छ भने पनि त्यस्ता कर्मचारीले वासिङटन राज्य विधान अनुसार अपील गर्न सक्नेछन् । यस विधानलाई दुवै कर्मचारी र राईड सेयरिङ कम्पनीले समर्थन जनाएका छन् ।