कीवर्डहरू -

ह्वाट्सएपको एन्ड्रोइड बेटा भर्सनमा नयाँ क्यामेरा इन्टरफेस सार्वजनिक

ह्वाट्सएपको एन्ड्रोइड बेटा भर्सनमा नयाँ क्यामेरा इन्टरफेस सार्वजनिक

ह्वाट्सएपले एन्ड्रोइड बेटा भर्सनका लागि नयाँ क्यामेरा इन्टरफेस सार्वजनिक गरेको छ । केही प्रयोगकर्ताका लागि सिमीत टेस्टमा ह्वाट्सएपले २ जीबीसम्मको फाइल पठाउन दिने फिचर पनि जाँच गरिरहेको छ ।

क्यामेरा इन्टरफेसको फिचर आईओएस प्रयोगकर्ताहरुको लागि लामो समय देखि उपलब्ध रहेको थियो । ह्वाट्एपको २ करोड सक्रिय मासिक प्रयोगकर्ता भएका कारणले हरेक नयाँ फिचर पनि धेरै जनाको लागि महत्वपूर्ण हुने गर्दछ ।

आईओएसका लागि पनि पहिले हटाइएको क्यामेरा मिडिया बार अहिले फेरि राखिएको छ । २ जीबीसम्मको फाइल पठाउन मिल्ने फिचर आएपछि हाई रिजोल्युसन पिक्चरहरु पनि पठाउन मिल्नेछ ।