कीवर्डहरू -

टिकटकमा अब एआर इफेक्ट बनाउन सकिने

टिकटकमा अब एआर इफेक्ट बनाउन सकिने

टिकटकमा अब एआर ईफेक्ट बनाउन सकिने भएको छ । टिकटकले ईफेक्ट हाउस नामक फिचरको बेटा परीक्षण गरिरहेको छ, जसले एपमै प्रयोगकर्ताहरुलाई अगमेन्टेड रियालिटीको निर्माण गर्न दिनेछ ।

परीक्षणका लागि टिकटकले ४५० जना क्रियटरहरुलाई यो टूल उपलब्ध गराएको थियो । अब ईफेक्ट हाउसको वेबसाईटमा गएर हर कोहीले एआर ईफेक्ट बनाउन सक्ने छन् ।

एआर ईफेक्टमा विशेष गरी ब्यूटी ईफेक्टहरु रहेका छन् । टिकटकले सबै एआर ईफेक्टहरुलाई रिभ्यू पनि गर्नेछ ।