कीवर्डहरू -

स्नापच्याटको स्टोरीमा न्यूज आउटलेटहरुले अटोमेटिकली समाचार सेयर गर्न सक्ने

स्नापच्याटको स्टोरीमा न्यूज आउटलेटहरुले अटोमेटिकली समाचार सेयर गर्न सक्ने

स्नापच्याटले न्यूज आउटलेटहरुलाई अटोमेटिकली स्टोरीमा समाचार तथा लेखहरु सेयर गर्न दिने भएको छ । यस फिचरको नाम डाईनामिक स्टोरिज फिचर हो र यस फिचरले समाचारहर सेयर गर्न सहज हुने गर्दछ ।

अब स्टोरी हेर्दा हेर्दै पनि संसारमा कहाँ के भईरहेको छ भनेर सजिलै थाहापाउन सकिने भएको छ । सुरुमा यो फिचरलाई लञ्च गर्न अमेरिुका, बेलायत, भारत र फ्रान्सका शिर्ष मिडियाहरुले स्नापच्याटसँग सहकार्य गरेका छन् ।

अहिलेका लागि यस फिचरले भिडियोलाई सपोर्ट गर्दैन् तर पछि भिडियो फरम्याट पनि सपोर्ट गर्न दिने भएको छ । यसले प्रयोगकर्ताहरुलाई खबर बुझ्नका लागि अरु एपमा गईराख्ने झन्झटबाट मुक्त गर्ने गर्दछ ।