कीवर्डहरू -

एलन मस्क भन्छन्, ‘ट्विटरको अल्गोरिदम ओपन सोर्स हुनुपर्छ’

एलन मस्क भन्छन्, ‘ट्विटरको अल्गोरिदम ओपन सोर्स हुनुपर्छ’

एलन मस्कले ट्वीटरको अल्गारिदम ओपन सोर्स हुनुपर्ने बताएका छन् । ट्वीटर कानूनले नबाधिँकन बोल्न पाउने प्लेटफर्म हुनका लागि ट्वीटरको अल्गारिदम ओपन सोर्स हुनुपर्ने उनले बताएका हुन् ।

आफ्नो ट्वीटहरलाई एपले कुन प्रकारले सञ्चालन गरिरहेको छ भनेर थाहा पाउन अल्गारिदममा रहेको कोड जिट हबमा उपलब्ध रहनुपर्ने उनको भनाइ छ ।

यसले गर्दा कोडहरुको विश्लेषण प्रयोगकर्ताहरुले आफै गर्न पाउने छन् । उनको विचारमा कन्टेन्ट मोर्डेसन पनि धेरै गरिनु हुँदैन् र मान्छेको अभिव्यक्ति स्वतन्त्रतालाई एपले हनन गर्नु हुँदैन् ।

स्थायी रुपमा कसैको पनि अकाउन्टलाई पूर्ण रुपमा प्रतिबन्ध लगाईदिने काम पनि गर्नुहुँदैन् भन्ने मस्कको धारणा रहेको छ । मस्कले ट्विटर खरिद गर्नका लागि ४३ बिलियन डलरको अफर राखेका छन् ।