कीवर्डहरू -

ह्वाट्सएपमा अब आफ्नो लास्ट सिन स्टाटस लुकाउन सकिने

ह्वाट्सएपमा अब आफ्नो लास्ट सिन स्टाटस लुकाउन सकिने

ह्वाट्सएपले निश्चित कन्ट्याक्टहरुका लागि लास्ट सिन स्टाटस हाईड गर्न दिने भएको छ । आईओएस एपको बेटा भर्सनमा ह्वाट्सएपले यस्तो सुविधा उपलब्ध गराएको हो ।

वाबेटाइन्फोको अनुसार ह्वाट्सएपले निश्चित कन्ट्याक्टहरुबाट आफ्नो लास्ट सिन स्टाटस लुकाउन दिने फिचर ल्याएको हो । लास्ट सिन स्टाटसले कुनै प्रयोगकर्ताले ह्वाट्सएप कति खेर चलाएको थियो भन्ने थाहा हुने गर्दछ ।

यो फिचर नचाहिएमा आफै डिसेबल पनि गर्न सकिन्छ । यो फिचर माई कन्ट्याक्स एक्सेप्ट भन्नेबाट प्राप्त गर्न सकिन्छ ।