कीवर्डहरू -

ह्वाट्सएपको नयाँ रियाक्सन ईमोजी र गलत जानकारी नियन्त्रण गर्ने टूल सार्वजनिक

ह्वाट्सएपको नयाँ रियाक्सन ईमोजी र गलत जानकारी नियन्त्रण गर्ने टूल सार्वजनिक

ह्वाट्सएपले नयाँ रियाक्सन ईमोजी र गलत जानकारी नियन्त्रण गर्ने टूल सार्वजनिक गरेको छ ।  मान्छेलाई च्याटमै मेसेज पठाउने झन्झटबाट बचाउँनका लागि ह्वाट्सएपले रियाक्सन ईमोजी फिचर ल्याउने भएको हो ।

त्यस्तै एपले ३२ जनासम्मको भ्वाइस कल र २ जिबीसम्मको फाइल सेयर गर्ने अप्सन पनि दिनेछ । योसँगै ग्रुप एडमिनिशट्रेटरले म्यासेज डिलिट गरिदिन सक्ने फिचर पनि एपमा समावेश गरिएको छ ।

यसले गर्दा गलत जानकारी फैलिनबाट पनि रोक लगाउन सकिने कम्पनीको भनाइ छ । यी फिचर सबैले पाउन केही हप्ता लाग्ने ह्वाट्सएपले बताएको छ ।