कीवर्डहरू -

इन्स्टाग्रामले रिल्सका लागि ल्यायो फण्डरेजर टूल

इन्स्टाग्रामले रिल्सका लागि ल्यायो फण्डरेजर टूल

इन्स्टाग्रामले रिल्समा फण्डरेजर टूल सार्वजनिक गरेको छ । यसले रिल्समा फण्डरेजर बनाउने र डोनेट गर्न दिने गर्दछ । गैरनाफामा प्रयोगकर्ताहरुले रिल्समा लिकं राखेर १.५ मिलियन बढि रकम संकलन गर्न सक्नेछन् । यो फण्डरेजर टूल इन्स्टाग्रामको स्टोरी र लाइभस्ट्रीममा लामो समय देखि विद्यमान रहेको छ ।

यो फिचर मेटाले पृथ्वी दिवसको अवसरमा घोषणा गरेको हो । मेटाको अनुसार इन्स्टाग्राम र फेसबुक मार्फत वातावरण सुरक्षाकालागि ४० लाख प्रयोगकर्ताले १५० मिलियन डलर भन्दा बढि रकम दान गरेका छन् ।

इन्स्टाग्राम, फेसबुक र मेसेन्जरमा वातावरणीय विषयहरुलाई समर्थन जनाउनका निम्ति मेटाले स्टीकर र प्रोफाइल फ्रेम पनि सार्वजनिक गरेको छ ।