कीवर्डहरू -

अरुको भिडियो फर्म्याट कपी गरेर अब इन्स्टाग्राम रिल्स बनाउन सकिने

अरुको भिडियो फर्म्याट कपी गरेर अब इन्स्टाग्राम रिल्स बनाउन सकिने

अरुको भिडियो फर्म्याट कपी गरेर अब इन्स्टाग्राम रिल्स बनाउन सकिने भएको छ । यसका लागि इन्स्टाग्रामले प्रयोगकर्ताद्वारा निर्मित टेम्प्लेट फिचरको जाँच गरिरहेको छ ।

टेम्प्लेट फिचर बेटा टेस्ट फिचरको रुपमा रहेकाले अहिले केही प्रयोगकर्ताले मात्रै यो सुविधा पाएका छन् । अरुहरूको भिडियो फर्म्याट कपी गर्न सकियो भने भिडियो धेरै टेम्प्लेटमा अरु प्रयोगकर्ताहरुले पनि भिडियो बनाउन सक्नेछन् ।

टेम्प्लेट फिचर टिकटकमा एकदमै चर्चित रहेको छ र भाइरल भिडियोहरूमा यो एकदमै धेरै प्रयोग भइरहेको हुन्छ । सोही फिचरलाई इन्स्टाग्रामले आफ्नो एपमा पनि राख्न लागेको हो ।