कीवर्डहरू -

क्लबहाउससँग प्रतिस्पर्धा गर्न ल्याएको पोडकास्ट फिचर बन्द गर्दै फेसबुक

क्लबहाउससँग प्रतिस्पर्धा गर्न ल्याएको पोडकास्ट फिचर बन्द गर्दै फेसबुक

जुन ३ मा फेसबुकले आफ्नो पोडकास्ट सेवा बन्द गर्ने भएको छ ।  फेसबुकमा पोडकास्ट सेवाको एक वर्ष नबित्दै यो फिचर बन्द हुने भएको छ ।

यो हप्ता देखि फेसबुकले पोडकास्टरहरलाई शो एड गर्न नदिने भएको छ । द हब र साउण्डबाइट केही समयमा बन्द हुनेछ र लाइभ अडियो रुम फेसबुक लाइभमा परिणत हुनेछ ।

मेटाले पोडकास्टबाट इन्ट्रेस्ट परिवर्तन गरेर फेसबुकको प्रमुख फिड र इन्स्टाग्राम रिल्समा ध्यान दिने बताएको छ । मेटाभर्सलाई मेटाले विशेष महत्वमा राख्न चाहन्छ । क्लबहाउससँग प्रतिस्पर्धा गर्नक मेटाले पोडकास्ट सेवा ल्याएको थियो ।