कीवर्डहरू -

अब तपाईको इन्स्टाग्रामको मेन फिडमा अझै धेरै रिकमेन्डेसन आउने 

अब तपाईको इन्स्टाग्रामको मेन फिडमा अझै धेरै रिकमेन्डेसन आउने 

इन्स्टाग्रामले मेन फिडमा अझै बढि रिकमेन्डेसन दिने फिचरको जाँच गर्दै छ । मेन फिडमा गरिरहेको विभिन्न परिवर्तन मध्य इन्स्टाग्रामले एउटा भनेको धेरै रिकमेन्डेसन दिने काम गरिरहेको छ ।

तपाईको डिफल्ट एल्गोरिदम फिडमा फलो नगरेको अकाउन्टहरुबाट पनि कन्टेन्ट आउन थाल्ने छन् । एपले तपाईले मनपराईरहेको अरु कन्टेन्टहरुको आधारमा पोस्टहरुको सुझाव दिनेछ ।

कति ओटा पोस्ट रिकमेन्ड गरिन्छ भन्ने बारे इन्स्टाग्रामले केही पनि बताएको छैन् । इन्स्टाग्रामले पर्सनलाइज्ड अनुभव प्रदान गर्न यो फिचर राखेको बताएको छ र तपाईले कति ओटा अकाउन्ट फलो गर्नुहुन्छ र कस्तो कन्टेन्ट मनपराउनु हुन्छ भन्ने पक्षले रिकमेन्डेसनमा असर पुर्याउनेछ ।