कीवर्डहरू -

फुल स्क्रीन फिडको जाँच गर्दै इन्स्टाग्राम

फुल स्क्रीन फिडको जाँच गर्दै इन्स्टाग्राम

इन्स्टाग्रामले टिकटकको जस्तै फुल स्क्रीन फिडको जाँच गरिरहेको छ । एपले फूल स्क्रीन भर्टिकल होम फिडको परिक्षण गर्दै छ ।

इन्स्टाग्रामका प्रमुख एडाम मोसेरीले यो फिचर परिक्षण भएको कुरालाई स्वीकार्दै फूल स्क्रीनको फोटो र भिडियो केही प्रयोगकर्ताको फिडमा आउन थाल्ने बताएका छन् ।

इन्स्टाग्रामले सेयर गरेको ईमेजमा होम फिडले फूल स्क्रीन लिएको र कमेन्ट, क्याप्सन र अर फिचरहरु पोस्टको तल नभएर माथि आएको देखिएको छ । इन्स्टाग्रामले पहिले देखिनै टिकटक जस्तो धेरै फिचरहरु आफ्नो एपमा राखिसकेको छ ।