ह्वाट्सएपले नयाँ रियाक्सन ईमोजी र गलत जानकारी नियन्त्रण गर्ने टूल सार्वजनिक गरेको छ । यो टूल अहिले रोल आउट हुन थालेको छ ।
मार्क जुकरबर्गले आफ्नो आधिकारिक फेसबुक पोेस्ट मार्फत यस कुराको जानकारी दिएका थिए । मान्छेलाई च्याटमै मेसेज पठाउने झन्झटबाट बचाउँनका लागि ह्वाट्सएपले रियाक्सन ईमोजी फिचर ल्याउने भएको हो ।
यो फिचर पहिलेनै इन्स्टाग्राम, टेलिग्राम र आईमेसेजमा उपलब्ध रहेको छ । त्यस्तै एपले ३२ जनासम्मको भ्वाइस कल र २ जिबीसम्मको फाइल सेयर गर्ने अप्सन पनि दिनेछ ।
योसँगै ग्रुप एडमिनिशट्रेटरले म्यासेज डिलिट गरिदिन सक्ने फिचर पनि एपमा समावेश गरिएको छ । यसले गर्दा गलत जानकारी फैलिनबाट पनि रोक लगाउन सकिने कम्पनीको भनाइ छ । यी फिचर सबैले पाउन केही हप्ता लाग्ने ह्वाट्सएपले बताएको छ ।