युट्युबले अरु प्रयोगकर्ताका लागि पैसा तिरेर सब्सिक्रिप्सन गिफ्ट गर्न दिने भएको छ । गिफ्टेड सब्सिक्रिप्सन फिचर पहिले देखिनै ट्वीचमा रहेको फिचर हो ।
ट्वीच युट्युब गेमिङको पहिले देखिनै प्रतिस्पर्धी एपको रुपमा रहेको छ । ट्वीचलाई गेमिङको मामिलामा अझै पनि पछि पार्न नसकेता पनि केही चर्चित स्ट्रीमरहरु ट्वीचलाई छाडेर युट्युब गेमिङ प्रयोग गर्न थालेका छन् ।
यो फिचर अहिले बेटा स्टेजमानै रहेको छ र बेलायत र अमेरिकाको लागि उपलब्ध रहेको छ । यसका लागि प्रयोगकर्ताहरुले ४.९९ डलर प्रति महिना भुक्तानी गर्नुपर्ने हुन्छ ।