कीवर्डहरू -

एलन मस्कले डोनाल्ड ट्रम्पको ट्वीटर ब्यान हटाए 

एलन मस्कले डोनाल्ड ट्रम्पको ट्वीटर ब्यान हटाए 

एलन मस्कले डोनाल्ड ट्रम्पलाई ट्वीटरमा फेरी ल्याउने भएका छन् । केही समय अघि ट्वीटरले डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द गरेको थियो । ट्रम्पले यसअघि हिंसा भड्काउने काम गरेपछि ट्रम्पको अकाउन्ट स्थायी रुपमा बन्द गर्ने निर्णय लिइएको थियो ।

तर अब मस्क आएपछि ट्रम्प पनि एपमा आउने भएका छन् । मस्कले यसलाई रिभर्स ब्यान गरेको भनेर बताएका छन् ।

ट्रम्पलाई यस विषयमा सोध्दा मस्कले ट्वीटर खरिद गरेकोमा उनी एकदमै खुसी रहेको बताएका छन् तर उनी एपमा नफर्किने र आफ्नै सामाजिक सञ्जालमा ध्यान दिने बताएका छन् ।

मस्कको विचार पहिले देखिनै कन्टेन्ट मोर्डेसन धेरै गरिनु नहुने र मान्छेको अभिव्यक्ति स्वतन्त्रतालाई एपले हनन गर्नुहन्न भन्ने रहेको थियो ।

स्थायी रुपमा कसैको पनि अकाउन्टलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइदिने काम पनि गर्नुहुँदैन् भन्ने मस्कको धारणा रहेको छ । यसैले गर्दा पनि अमेरिकाका भूतपूर्व राष्ट्रपतिको ब्यान हटाउने उनले विचार गरेका हुन् ।