मस्कले ट्वीटरसँगको सम्झौता हालमा होल्डमा राखेका छन् । मायामीमा आयोजना गरिएको कन्फेरेन्समा बोल्दै मस्कले सो कुरा बताएका हुन् ।
यससँगै उनले ४४ बिलियन डलरको सम्झौतालाई पुनः वार्ता गर्ने भएका छन् । कम मूल्यमा सम्झौता गर्ने सम्भावना रहेको पनि मस्कले संकेत दिएका छन् ।
पहिले नै रकममा छलफल भईसकेपछि अहिले आएर मूल्य कम गर्छु भनेको सुन्दा धेरैलाई अनौठो लागिरहेको छ ।
स्पेस एक्सले अप्रिलमा बोर्डलाई पहुँच गर्दा ट्वीटरमा ३८ प्रतिशत प्रिमियम भुक्तानी गर्ने स्वीकारी सकेको थियो तर अब आएर मस्कले ४४ बिलियन डलर भन्दा घटि धनराशीमा सम्झौता गर्न प्रयास गर्ने बताएका छन् ।
आईसीटी समाचार