कीवर्डहरू -

मेटाले हटायो २१.७ मिलियन हिंसात्मक कन्टेन्ट

मेटाले हटायो २१.७ मिलियन हिंसात्मक कन्टेन्ट

मेटाले पहिलेको भन्दा दुई गुणा बढि हिंसात्मक सामाग्रीहरु आफ्नो प्लेटफर्मबाट हटाएको छ । सन् २०२२ को पहिलो त्रैमासिकमा मेटाले २१.७ मिलियन कन्टेन्ट हटाएको हो ।

कन्टेन्टहरुले हिंसा प्रोत्साहन गरेको मेटाको भनाइ छ । यो भनेको गत वर्षको पहिलो त्रैमासिकको तुलनामा १२.४ मिलियनले बढी हो ।

इन्स्टाग्राममा पनि केही हदसम्म कन्टेन्ट हटाउने क्रम बढेको छ । सन् २०२२ को पहिलो त्रैमासिकमा मेटाले इन्स्टाग्रामबाट २.७ मिलियन कन्टेन्ट हटाएको थियो जुन गत त्रैमासिकमा २.६ मिलियन रहेको थियो ।

मेटाले हटाएको पोस्ट मध्य ९८ प्रतिशत पोस्ट प्रयोगकर्ताले रिपोर्ट गर्नुभन्दा पहिले नै हटाइएको थियो । एउटा कन्टेन्ट पोस्ट गरेको ९ घण्टा र ४६ हजार बढि सेयर भइसकेपछि मेटाले हटाएको थियो ।

मेटाले केही पोस्ट गल्तिले पनि डिलिट गर्ने गर्दछ  । मेटाले ७ लाख ५६ हजार फेसबुक पोस्टहरु गल्तिले डिलिट गरेकोलाई रिस्टोर गरेको छ ।