ह्वाट्सएपले अब ग्रुप लिभ गर्दा पनि अरु प्रयोगकर्तालाई नोटिफिकेसन नजाने फिचर परीक्षण गरिरहेको छ ।
अहिलेसम्म ह्वाट्सएपको ग्रुपको कुनै पनि प्रयोगकर्ताले लिभ गरेमा नोटिफिकेसन जाने गर्दछ र आफ्नो साथी वा नातेदारको ग्रुप भएमा त ग्रुप किन लिभ गरेको भनेर पनि भन्नुपर्ने हुन्छ ।
यही झन्झटबाट बाँच्नका लागि ह्वाट्सएपले यो नयाँ फिचरको जाँच गरिरहेको छ । ग्रुप एडमिनलाई भने ग्रपका सदस्यले ग्रुप लिभ गर्दा नोटिफिकेसन जानेछ ।
यो फिचर अहिले जाँचकै चरणमा रहेको छ र प्रयोगकर्ताहरुको सकारात्मक प्रतिक्रिया आएमा यो फिचर सार्वजनिकनै हुनेछ ।