कीवर्डहरू -

प्यारेन्टल फिचर ल्याउँदै स्नापच्याट

प्यारेन्टल फिचर ल्याउँदै स्नापच्याट

स्नापच्याटले प्यारेन्टल फिचर ल्याउने भएको छ । यस फिचरलाई स्नापच्याटले फ्यामिली सेन्टर नाम दिएको छ । यसले अभिभावकलाई बच्चाहरुसँग को साथी छन् भनेर थाहापाउन दिन्छ ।

त्यस्तै एपमा बच्चाले सात दिन भित्र कस कसलाई मेसेज गरेको हो भनेर पनि प्यारेन्टल कन्ट्रोल फिचरले हेर्न दिनेछ ।

यस फिचरबाट किशोर किशोरीले सामाजिक सञ्जाल कसरी चलाउने गर्दछन् भनेर बुझ्न दिने जनाइएको छ । यसले बालहिंसा कम गर्न पनि सहयोग गर्ने आशा स्नापच्याटको रहेको छ ।

यस फिचरले अभिभावकहरुलाई फ्यामिली सेन्टरमा बालबालिकालाई पनि जोड्न दिन्छ, जसले गर्दा अभिभावकहरुले लुकीछिपी आफ्नो बच्चाले के गरिरहेको छ भनेर हेरेर बस्नुपर्दैन् ।