कीवर्डहरू -

टिकटकमा अब गेम खेल्न पाइने, मिनीगेम फिचर परीक्षण हुँदै

टिकटकमा अब गेम खेल्न पाइने, मिनीगेम फिचर परीक्षण हुँदै

टिकटकमा अब गेम खेल्न पाइने भएको छ । यसका लागि टिकटकले मिनीगेम नामक फिचरको परीक्षण गरिरहेको छ ।

मिनीगेम फिचर टिकटकले भियतनाममा परीक्षण गरिरहेको छ । रोयटर्सका अनुसार गत वर्ष जाएग्नासँग सहकार्य गरेपछि कम्पनीले मिनीगेम प्लेटफर्ममा राख्ने योजना बनाएको हो ।

जाइग्नासँग सहकार्य गरेर टिकटकले आफ्नो एपमा एचटीएमएल ५ गेमको जाँच गरिरहेको छ । कम्पनीले बाईट डान्सको लाइब्ररी मार्फत गेमको ईमेजहरु सार्वजनिक गर्ने बताएको छ ।

कम्पनीले अहिले मिनीगेमबाट सुरु गरेतापनि पछि यसैलाई विस्तृत रुप दिने लक्ष्य राखेको छ । चीनको डुईन भर्सनमा पहिले नै गेम उपलब्ध रहेको छ ।