कीवर्डहरू -

अब पूराना आईफोनमा ह्वाट्सएप नचल्ने

अब पूराना आईफोनमा ह्वाट्सएप नचल्ने

अक्टोबर २४ देखि ह्वाट्सएप पूराना आईफोनहरुमा नचल्ने भएको छ । नयाँ सफ्टवेयर अपडेट दिँदै ह्वाट्सएपले यस्तो जानकारी दिएको हो । कम्पनीले आईओएस १० र आईओएस ११ डिभाइसहरुमा आफ्नो सपोर्ट बन्द गर्ने बताएको छ ।

वाबेटाइन्फोको रिपोर्ट अनुसार ह्वाट्सएपले आईओएस १० प्रयोग गर्ने प्रयोगकर्ताहरुलाई अक्टोबर २४ सम्ममा पनि सफ्टवेयर अपडेट नगरेमा ह्वाट्सएप नचल्ने नोटिफिकेसन दिईरहेको छ ।

कम्पनीले चेतावनी दिएको मेसेजमा सफ्टवेयर अपडेट गर्न सेटिङमा गएर जेनेरलमा थिच्नुपर्ने बताएको छ ।

आईओएस १० र आईओएस ११ भएका डिभाइसहरु खासै बाँकी रहेका छैनन् । अहिले आइफोन ५, आइफोन ५ सी र आएइफोन सिक्समा मात्रै आईओएस १० र आईओएस ११ चलिरहेको छ ।