कीवर्डहरू -

रिमोट लर्निङ एपले बालबालिकाको डेटा संकलन गरेर बिक्री गर्दै

रिमोट लर्निङ एपले बालबालिकाको डेटा संकलन गरेर बिक्री गर्दै

रिमोट लर्निङ्ग एपले बालबालिकाहरुको डेटा संकलन गरेर विक्री गरेको पाइएको छ । ह्युमन राईट्स वाचले प्रकाशन गरेको रिपोर्टमा धेरै एप तथा सेवाहरुले बालबालिकाको डेटा एपहरुले संकलन गरेर विक्री गरेको पत्ता लगाएको हो ।

कुल ४९ ओटा देशहरुमा सञ्चालन गरेको सर्वेक्षणमा १६४ एडटेक मध्य १४६ ले डेटा संकलन गरेर विक्री गरेको फेला परेको छ ।

यी कम्पनीहरुमा लुकेको ट्रयाकिङ प्रविधि रहेको थियो, जसले गर्दा कम उमेरका प्रयोगकर्ताहरुलाई प्रविधिले सजिलै ट्रयाक गर्न सक्छ ।

डेटा निरन्तर रुपमा थर्ड पार्टी कम्पनीहरुलाईं विक्रि गरेको पनि रिपोर्टले देखाएको छ । १४६ एडटेक कम्पनीले १९६ थर्ड पार्टी कम्पनीहरुलाई डेटा पठाईरहेको पाइएको छ ।