कीवर्डहरू -

स्न्यापच्याटमा पनि उपलब्ध हुन थाल्यो शेयर्ड स्टोरी फिचर

स्न्यापच्याटमा पनि उपलब्ध हुन थाल्यो शेयर्ड स्टोरी फिचर

स्न्यापच्याटले शेयर्ड स्टोरी फिचर रोलआउट गर्न सुरू गरेको छ । सेयर्ड स्टोरीले तपाईको स्टोरीमा फ्रेण्ड अफ फ्रेण्डलाई पनि योगदान पुर्याउन दिन्छ ।

स्टोरीमा स्नापच्याटका साथीले अझै आफ्नो फ्रेण्ड लिस्ट पनि जोड्न सक्छन्, जसले गर्दा तपाईले कुनै खाना पकाईरहेको भिडियो हाल्नुभयो भनेमा फ्रेण्ड अफ फ्रेण्डले पनि त्यहाँ आफ्नो स्टोरी जोड्न सक्छन् ।

अरु कन्टेन्ट जस्तै सेयर्ड स्टोरी पनि २४ घण्टा पछि आफै हराउने गर्दछ । यसमा च्याट बटन भने हुँदैन् किनभने सबै प्रयोगकर्ताले एक अर्कालाई नचिनेको पनि हुन सक्छ ।