कीवर्डहरू -

इन्स्टाग्राम र फेसबुक रिल्समा नयाँ एडिटिङ टुल

इन्स्टाग्राम र फेसबुक रिल्समा नयाँ एडिटिङ टुल

मेटाले इन्स्टाग्राम र फेसबुकको रिल्समा नयाँ एडिटिङ टूल राखेको छ । टिकटक जस्तै हुनका लागि एपले नयाँ नयाँ टूलहरु एड गरिरहेको छ ।

अपडेटमा नयाँ एडिटिङ फिचर, लामो भिडियो अपलोड र रिललाई फेसबुक फिडमा पनि हेर्न मिल्ने बनाउने फिचरहरु आएका छन् ।

मार्क जुकरबर्गका अनुसार युवाहरुले लामो समय मेटाका एपहरु भन्दा टिकटकमा बिताइरहेको हुनाले कम्पनीले सक्दो युवा वर्गलाई आफ्नो एपमा आकर्षण गर्न खोजिरहेको छ र सोका लागिनै एपले नयाँ फिचरहर ल्याईरहेको हो ।

रिल्समा पोल, ईमोजी, क्वीज स्टीकर जस्ता धेरै फिचरहरु आईरहेका छन् । यसले पोस्टहरुमा इन्गेजमेन्ट बढाईरहेको मेटाको भनाई रहेको छ । इन्स्टाग्राम एपमा एडिटिङ टूलको शंख्या पनि बढाइएको छ ।

प्रयोगकर्ताहरुले आफ्नै अडियो पनि इम्पोर्ट गर्न सक्ने भएका छन् । कम्पनीले ९० सेकेण्डसम्मको भिडियो पनि बनाउन दिने भएको छ ।