कीवर्डहरू -

ठगी रोक्न अर्काे भेरिफिकेसन कोड पनि राख्दै ह्वाट्सएप

ठगी रोक्न अर्काे भेरिफिकेसन कोड पनि राख्दै ह्वाट्सएप

ह्वाट्सएपले ठगी कम गर्नका लागि अर्काे भेरिफिकेसन कोड पनि राख्ने भएको छ । ह्वाट्सएपले नयाँ फिचर अन्तर्गत ह्वाट्सएप अकाउन्टमा लग इन गर्नु अघि भेरिफिकेसन कोड हाल्नुपर्ने फिचर परीक्षण गरिरहेको हो ।

वाबेटा इन्फोको अनुसार यो फिचर एन्ड्रोइड र आईओएस दुबै सिस्टम अहिले निर्माण भइरहेको छ । चाँडै यो फिचर बेटा प्रयोगकर्ताहरुका लागि उपलब्ध हुन्छ ।

यसले गर्दा कुनै अरु डिभाएसबाट तपाईले ह्वाट्सएप लगइन गर्ने प्रयास गर्नुभयो भने थप भेरिफिकेसन कोड ह्वाट्एपले माग्नेछ ।