कीवर्डहरू -

इन्स्टाग्रामको ग्रिड पिनिङ फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध

इन्स्टाग्रामको ग्रिड पिनिङ फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध

इन्स्टाग्रामको ग्रिड पिनिङ फिचर अब सबै प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । यसले प्रयोगकर्ताहरुलाई आफूलाई मनपरेको पोस्टलाई हाईलाईट गर्न दिने भएको छ ।

यस फिचरले तपाईले पिन गरेको पोस्ट प्रोफाइलमा सबैभन्दा माथि देखाउँछ । यसले गर्दा तीन ओटा कन्टेन्टलाई प्रोफाइलमा माथी पिन गर्न सकिन्छ ।

पिन गर्नलाई पोस्टमा भएको तीन ओटा थोप्लामा क्लिक गरेर पिन टू योर प्रोफाइल सेलेक्ट गर्नुपर्ने हुन्छ । मेटाले इन्स्टाग्राममा ९० सेकेण्डसम्मको रिलस भिडियो पनि बनाउन दिन थालेको छ ।