कीवर्डहरू -

ट्वीटरको नयाँ ट्वीट रिपोर्टिङ टूल सबैको लागि उपलब्ध

ट्वीटरको नयाँ ट्वीट रिपोर्टिङ टूल सबैको लागि उपलब्ध

ट्वीटरको नयाँ ट्वीट रिपोर्टिङ टूल सबैको लागि उपलब्ध भएको छ । डिसेम्बरमा परीक्षण सुरु भएको यो फिचर अब भने आधिकारिक रुपमा सबैका लागि उपलब्ध भएको हो ।

यसभन्दा पहिले विभिन्न तहहरुमा गएर ट्वीटरमा कुनै ट्वीट रिपोर्ट गर्नुपर्दा विभिन्न चरणहरु रहेका थिए । तर अब सहजै रिपोर्ट गर्न सकिने छ ।

यसले प्रयोगकर्ताहरुलाई उत्पीडन गरिने अनुभवको दर घट्ने ट्विटरको विश्वास छ । यस फिचरले के भयो भनेर प्रश्न गर्छ र तपाईले किन रिपोर्ट गर्न चाहेको बताउनुपर्ने हुन्छ ।