कीवर्डहरू -

टेलिग्रामका केही फिचर प्रयोग गर्न अब पैसा तिर्नुपर्ने

टेलिग्रामका केही फिचर प्रयोग गर्न अब पैसा तिर्नुपर्ने

टेलिग्राममा चाँडै पेड फिचरहरु आउने भएका छन् । अब थप केही फिचरका लागि शुल्क तिर्नु पर्ने भएको हो ।

यसले प्रयोगकर्ताहरुलाई स्पीड, स्रोत र अरु थप फिचहरु प्रदान गर्ने टेलिग्रामको भनाइ छ । टेलिग्राममा पेड फिचर आउन लागेको संस्थापक पाभेल डुरोभले बताए ।

एपमा टेलिग्राम प्रिमियम नामक सब्सिक्रिप्सन प्लान हुनेछ । यसले च्याट, मिडिया र फाइल अपलोडमा भएको सिमालाई बढाउने छ ।

बिबोमको रिपोर्ट अनुसार पेड प्रयोगकर्ताले ४ जिबीसम्मको फाइल अपलोड गर्ने फिचर पाउने छन् । टेलिग्रामले पेड फिचर ल्याय पनि अनपेड प्रयोगकर्ताहरुका लागि पनि नयाँ फिचरहरु ल्याइरहने कम्पनीको भनाइ छ ।

टेलग्राम एप विज्ञापनकर्ताबाट नभएर प्रयोगकर्ताकै फण्डिङबाट चल्नुपर्ने पनि दुरोभले बताए ।  साथै केही प्रिमियम फिचरहरु अनपेड प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउने कम्पनीले जानकारी दिएको छ ।