कीवर्डहरू -

भारत सरकारले कन्टेन्ट ब्लक गर्न भनेपछि ट्वीटरले हाल्यो त्यसविरूद्ध मुद्दा

भारत सरकारले कन्टेन्ट ब्लक गर्न भनेपछि ट्वीटरले हाल्यो त्यसविरूद्ध मुद्दा

भारतीय सरकारले कन्टेन्ट ब्लक गर्न भनेपछि ट्वीटरले त्यसविरूद्ध मुद्दा हालेको छ । सन् २०२१ मा सामाजिक सञ्जालहरुका लागि भनेर भारत सरकारले 'इन्टरनेसनल गाइडलाइन एण्ड डिजिटल मिडिया इथिक्स कोडि रुल्स २०२१’ ल्याएका थियो तर आजसम्म पनि धेरै सामाजिक सञ्जालले पालना गरेका छैनन् ।

सामाजिक सञ्जालहरुले आवासीय गुनासो अधिकारी, मुख्य गुनासो अधिकारी र नोडल सम्पर्क व्यक्ति नियुक्त गरेका छैनन्, जुन नियमावलीमा राखिएको छ ।

यी नियमहरु नमान्ने भनेर ट्वीटरले भारतलाई मुद्दा हालेको हो । भारतले ट्वीटरलाई गत सोमबारसम्मको समय दिएर भारतमा कन्टेन्ट सेन्सर गर्न निर्देशन दिएको थियो तर ट्वीटरले सो निर्देशन नमानी मुद्दा हालेको छ ।

सन् २०२१ देखि ट्वटिर र भारतको सम्बन्ध खासै राम्रो छैन् । गत वर्ष ट्वीटरका कर्मचारीलाई किसान आन्दोलनको बारेमा ट्वीटहरु डिलिट नगरेमा जेल हाल्दिने धम्की भारतीय सरकारले दिएको थियो ।

त्यस्तै हालैमा भारतमा प्रेस स्वतन्त्रता कम भईरहेको छ भन्ने फ्रिडम हाउसको सबै ट्वीट प्रतिबन्ध गर्न भारतीय सरकारले निर्देशन दिएको थियो ।