कीवर्डहरू -

मेटाको एआईले वास्तविक समयमै २०० भाषाहरुलाई अनुवाद गर्न सक्ने

मेटाको एआईले वास्तविक समयमै २०० भाषाहरुलाई अनुवाद गर्न सक्ने

मेटाको पछिल्लो एआईले वास्तविक समयमै २०० भाषाहरुलाई अनुवाद गर्न सक्ने भएको छ । अहिले संसारमा ७ हजार भन्दा बढी भाषाहरु बोलिने गरिन्छ र यी सबै भाषाहरुको पहुँच मेटाले विस्तारै बढाउँदै गईरहेको छ ।

६ महिना अघि कम्पनीले नो लैंग्वेज लेफ्ट बिहाईन्ड प्रोजेक्ट सार्वजनिक गरेको थियो । यसले एआईलाई विभिन्न भाषहरु सजिलैसँग अनुवाद गर्नलाई प्रशिक्षण दिने गर्दछ ।

कम्पनीले यस क्षेत्रमा आफ्नो सफलता पुष्टि गर्दै एनएलएलबी २०० मोडेल सार्वजनिक गरेको छ, जसले २०० विभिन्न भाषाहरुलाई अनुवाद गर्न सक्छ ।

यसमा विशेषगरी एसिया र अफ्रिकामा प्रचलित भाषाहरु रहेका छन् । अनुवाद गर्दा एउटा पनि भाषा अंग्रेजी नहुँदा एआईलाई विषेशगरी गाह्रो हुने गरेको छ र यस समस्यालाई पनि मेटाले विस्तारै समाधान गरिरहेको छ ।