कीवर्डहरू -

ट्विटरमा अब ट्विटलाई सहलेखन गर्न सकिने, को ट्वीट नामक फिचर परीक्षण गर्दै

ट्विटरमा अब ट्विटलाई सहलेखन गर्न सकिने, को ट्वीट नामक फिचर परीक्षण गर्दै

ट्वीटरमा अब ट्वीट सहलेखन गर्न सकिने भएको छ । त्यसका लागि कम्पनीले को ट्वीट नामक फिचरको परीक्षण गरिरहेको छ ।

यो फिचर अहिलेका लागि अमेरिका, क्यानेडा र कोरियामा परीक्षण भईरहेको छ । गत वर्ष इन्स्टाग्रामले यस्तै कोल्याब फिचर सार्वजनिक गरेको थियो । त्यसकारण ट्वीटरले पनि को ट्वीट फिचर व्यक्तिगत रुपमा भन्दा ब्राण्ड र क्रियटरलाई लक्षित गरेर बनाएको छ ।

यसले नयाँ दर्शकमाझ पनि पुग्ने अवसर दिनेछ । यो अहिलेका लागि अस्थायी परीक्षण हो । यो फिचर कहिले सार्वजनिक हुन्छ बारे कम्पनीले केही पनि बताएको छैन् ।