कीवर्डहरू -

गूगल नेस्ट हबमा रियल टाइम लिरिक्स फिचर सार्वजनिक

गूगल नेस्ट हबमा रियल टाइम लिरिक्स फिचर सार्वजनिक

स्पटीफाईले गूगल नेस्ट हबमा रियल टाइम लिरिक्स फिचर सार्वजनिक गरेको छ । नाइनटूफाइभ गूगलका अनुसार यो फिचर स्पटीफाईले कतै केही नभनेर गूगल नेस्ट हबमा सुटुक्क रोल आउट गरेको हो ।

यो फिचर आईओएस, एन्ड्रोइड, गेम कन्सोल, डेस्कटप कम्युटर र केही स्मार्ट टिभीमा सार्वजनिक भईसकेको छ । यस फिचरले स्पटीफाईमा गीत सुन्दै त्यही गीतको लिरिक्स पनि हेर्न दिन्छ ।

यो फिचरको बारेमा स्पटीफाईले आधिकारिक रुपमा केही पनि बताएको छैन् । यो फिचरलाई प्रयोगकर्ताले स्क्रीनको तल्लो दायाँ भागमा रहेको लिरिक्स आइकनमा थिचेर गीत सेलेक्ट गरेर प्रयोग गर्न सक्छन् । यो फिचरले प्रयोगकर्ताह्रुलाई क्यारोओकेका लागि पनि सहज पार्नेछ ।