कीवर्डहरू -

अब प्रयोगकर्ताले आफूलाई ट्वीटरको थ्रेडबाट अनमेन्सन गर्न सक्ने

अब प्रयोगकर्ताले आफूलाई ट्वीटरको थ्रेडबाट अनमेन्सन गर्न सक्ने

अब ट्विटर प्रयोगकर्ताले आफूलाई ट्वीटरको थ्रेडबाट अनमेन्सन गर्न सक्ने भएका छन् । अनमेन्सनले तपाईलाइै प्लेटफर्ममा भईरहेको नचाहिँदो कुराकानीबाट हट्ने अप्सन दिनेछ ।

अनमेन्सन गरेपछि सो ट्वीटरको थ्रेडमा प्रयोगकर्ता पुनः ट्याग गर्न सकिदैन् र सो थ्रेडबाट कुनै अरु प्रयोगकर्ताले पनि तपाईलाई रिप्लाई गर्न सक्दैनन् । यसले प्रयोगकर्ताको एपमा नचाँहिदो नोटिफिकेसन पनि आउँदैन् ।

यो फिचर धेरै वर्षदेखि निर्माणको क्रममा रहेको थियो । यसले अनलाइन उत्पीडन पनि धेरै हदसम्म कम गर्ने कम्पनीले अपेक्षा गरेको छ । यसले प्रयोगकर्तालाई अरू सँग अन्तर्क्रिया गर्ने तरिकामा अझै धेरै नियन्त्रण लिन दिनेछ ।