कीवर्डहरू -

एलन मस्क विरूद्ध अदालत गयो ट्विटर

एलन मस्क विरूद्ध अदालत गयो ट्विटर

ट्वीटरले मस्क विरुद्ध कानूनी कारबाहीका लागि मुद्दा हालेको छ । ट्वीटरले मस्कलाई डेलावेयर्स कोर्ट अफ च्यान्ससेरीमा मुद्दा हालेको हो ।

एलन मस्कले हालैमा ट्वीटरसँगको ४४ बिलियन डलरको सम्झौता तोडेका थिए । मस्कले ट्वीटर खरिद नगर्ने निर्णय गरेपछि ट्विटर अदातलमा गएको हो । ट्वीटरले झुठा अकाउन्ट नम्बरहरुको विवरण दिन नसकेको भन्दै एलन मस्कले ट्वीटरसँगको सम्झौता तोडेका हुन् ।

यसले ट्वीटरको भविष्य अन्योलमा पारिदिएको छ । ट्वीटरले आफ्नो मुद्दामा मस्क्ले आफेनो स्थ्यायी कर्मचारीहरुलाई पनि काम छोड्नलाई भडकाएके आरोप लगाएको छ ।

मस्कले ट्वीटरलाई आफ्नो प्रयोगकर्तामा बोट ५ प्रतिशत भन्दा कम भएको प्रमाणीत गर्न भनेका थिए, जुन ट्वीटरले पूरा गर्न सकेन । मस्कले पटक ट्वीटरले उनलाई सत्य डेटा प्रदान नगरेको भनिरहेका छन् ।

यसले दुई पक्ष बिचको सम्झैतालाई तोडेको मस्कको भनाई रहेको छ । मस्कले पनि ट्वीटर विरुद्ध मुद्दा हाल्न सक्ने जनाइएको छ ।